थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो


काठमाडौं, १८ जेठ । मुलुकमा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा आइतबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ५ सय ६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिनु भएको जानकारी अनुसार थपिएका १ सय ६६ जनामा १ सय ६२ पुरुष र ४ महिला छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता