एसियाकै महामारी केन्द्र भारत : १ लाख ८१ हजार संक्रमित, ५ हजारबढीकाे ज्यान गयाे


काठमाडाैँ, १८ जेठ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकाे लहर तीव्र बन्दै गएपछि अहिले भारत एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।
भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ । त्यहाँ हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएपछि स्थिति नियन्त्रणबाहिर जाने चिन्ता थपिएकाे छ । यससँगै भारत सरकारले संक्रमण नियन्त्रण गर्ने लक्ष्यसहित विगत ३ महिनादेखि जारी लकडाउन बढाएर थप १ महिना लम्ब्याएकाे छ ।
भारतमा शनिरबार एकैदिन हालसम्मकै सर्वाधिक संख्यामा काेराेना संक्रमित पुष्टि भएका छन् । शुक्रबार त्यहाँ ८ हजार १०५ नयाँ संक्रमित फेला परेकाेमा शनिबार ८ हजार ३३६ जनामा संक्रमण पुष्टि भएकाे छ । त्यहाँ शुक्रबार काेराेनाबाट मृत्यु हुनेकाे संख्या पनि हालसम्मकै अधिक रहेकाे थियाे । शुक्रबार मात्र भारतमा काेराेनाबाट २६९ जनाकाे ज्यान गएकाेमा शनिबार भने २०५ जनाकाे ज्यान गएकाे छ ।
काेराेना संक्रमणका हिसाबले अहिले भारत एसियाकै १ नम्बरमा रहेकाे छ भने विश्वकै नवाैँ नम्बरमा छ । यद्यपि अाजबाटै उसले जर्मनीलाइ उछिनेर काेराेना संक्रमित देशकाे लहरमा अाठाैँ स्थानमा उक्लिने देखिन्छ ।
अहिलेसम्म भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ५ हजार १८५ पुगेकाे छ भने कुल संक्रमित संख्या १ लाख ८१ हजार ८८७ पुगेकाे छ । संक्रमितमध्ये हाल ८६ हजार ९३६ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ८९ हजार ८ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् ।
यद्यपि एसियाली देशहरूमध्ये काेराेना भाइरसका कारण सबैभन्दा बढी ज्यान गुमाउनेमा भने इरान पहिलाे स्थानमा छ । इरानमा पछिल्लाे केही सातायता दैनिक २ हजार हाराहारी नयाँ संक्रमित थपिँदै गएका छन् । शनिबार मात्र त्यहाँ २ हजार २८२ नयाँ संक्रमित फेला परेका छन् भने ५७ जनाकाे भाइरस संकमणकै कारण मृत्यु भएकाे छ । यससँगै इरानमा हालसम्म काेराेनाबाट कुल ७ हजार ७३४ जनाकाे मृत्यु भएकाे छ भने कुल संक्रमित संख्या १ लाख ४८ हजार ९५० पुगेकाे छ ।
एसियामा काेराेना संक्रमित देशकाे दाेस्राे लहरमा रहेकाे टर्कीमा अहिलेसम्म १ लाख ६३ हजार १०३ जनामा संक्रमण पुष्टि भइसकेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । तथ्यांक अनुसार त्यहाँ अहिलेसम्म काेराेनाबाट ४ हजार ५१५ जनाले ज्यान गुमाइसकेका छन् । शनिबार मात्र त्यहाँ २६ जनाकाे ज्यान गयाे भने ९८३ नयाँ संक्रमित थपिए ।
काेराेना भाइरसकाे उद्गमस्थल चीनमा भने अहिले संक्रमण नियन्त्रित भइसकेकाे बताइन्छ । त्यहाँ पछिल्लाे समय दैनिक मृत्युका घटना देखिएका छैनन् भने नयां संक्रमणका केसहरू फाट्टफुट्ट रूपमा देखिने गरेका छन् । कुल ८३ हजारमा संक्रमण पुष्टि चीनमा ७८ हजार ३०४ जना भने निकाे भइसकेका छन् र ४ हजार ६३४ जनाकाे मृत्यु भएकाे छ ।
हेर्नुस् सबैभन्दा बढी प्रभावित एसियाली १२ देशकाे ताजा अवस्था 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता