कर्णाली प्रदेशमा थपिए १८ संक्रमित, कुल संख्या १२३ पुग्याे


काठमाडाैँ, १८ जेठ । कर्णाली प्रदेशमा थप १८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले दिएकाे पछिल्लाे अपडेट अनुसार अाइतबार थप पुष्टि भएकाे संख्या १८ रहेकाे छ । यससँगै प्रदेशमा कुल संक्रमित संख्या १२३ पुगेकाे छ ।
थपिएका मध्ये दैलेखका १७ जना र कालिकाेटका १ जना रहेका छन् । उनीहरूकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएकाे परीक्षणबाट संक्रमण पुष्टि भएकाे हाे । संक्रमित सबै पुरूष रहेकाे र उनीहरू स्वास्थ्यकर्मीकाे सम्पर्कमै रहेकाे मन्त्रालयले जनाएकाे छ ।
दैलेखकाे नारायण नरपालिका वडा नं ३ र ५ का १८ देखि ३५ वर्ष उमेर समहूका ९ जना, देवलकाँडा- ४ का १८ देखि २२ वर्ष उमेरसमूहका ५ जना, सिमडा- ८ का १ जना २६ वर्षीय पुरूष, राताेपानी- ४ का ३८ वर्षीय र साडु- ९ का २२ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएकाे हाे ।
उता, कालिकोटको शुभकालिका गाउँपालिका ५ का १९ बर्षिया पुरुषमा कोरोना संक्रमणको पुष्टि भएसँगै कालिकोटमा मात्र संक्रमणको सख्या १८ पुगेको छ । यसअघि शनिरबार कालिकाेटकै शुभकालिका गाउँपालिकाका वडा नं ४ बर्ष २०,२०,२२,२२,३५ वडा नं. ५ बर्ष १९,२१,२२,२४,२६,४०,५० र महाबै वडा नं. २ बर्ष २१,४२ वडा नं ५ बर्ष २० वडा नं ७ बर्ष ३३ र ५२ का पुरुषमा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता