कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ जनामा कोरोना पुष्टि


काठमाडौं, १७ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा १९ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं. ४ का वर्ष २०, २२, २० का पुरुषमा संक्रमण देखिएको हो ।


यस्तै, कालिकोट महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं. ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं। ५ का वर्ष २० का पुरुषमा संक्रमण देखिएको छ । अन्य दुई संक्रमित भने दैलेख र बाजुराका रहेको पनि प्रतिष्ठानले जनाएको छ ।
शनिबार संक्रमण देखिएका दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको भने मृत्यु भइसकेको छ । भारतबाट आएका उनको मृत्युपछि नै स्वाब परीक्षणका गर्न जुम्ला पठाइएको थियो ।
त्यस्तै बाजुरा जिल्लाका जगन्नाथ–५ का ४० वषीय एक पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ । यस्को स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औपचारिक पुष्टि हुन भने बाँकी छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता