लकडाउन आगामी जेठ ३२ गतेसम्म लम्बियो, सीमानाका र विमानस्थल असार १३ गतेसम्म नखुल्ने


काठमाडौं, १७ जेठ । सरकारले आगामी जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको अवधि आगामी मंगलबार जेठ २० गते सकिदैछ ।
मन्त्रिपरिषदको शनिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको वैठकले कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको सुझावमा लकडाउन लम्ब्याउने निर्णय गर्दै अन्र्तराष्ट्रिय सीमानाका र विमानस्थलहरु असार १३ गतेसम्म नखोल्ने निर्णय गरेको छ ।
बैठकले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने कार्ययोजना पनि स्वीकृत गरेको छ । यस अघि शुक्रबार कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले विदेशमा अलपत्र नेपालीलाई ल्याउने कार्ययोजना तयार पारेको थियो ।
यसरी विदेशबाट फर्किएकाहरुले स्वदेश फर्किएपछि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान पनि बनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता