ग्राण्डी र त्रिवि शिक्षण अस्पतालमा उपचाररत विरामीमा कोरोना संक्रमण !


काठमाडौं, १० जेठ । कोरोना पुष्टि भएको काठमाडौंका ३५ वर्षीय पुरुष टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेको खुलेको छ ।
शुक्रबार थपिएका काठमाडौंका संक्रमित ती पुरुष ग्राण्डी अस्पतालमा उपचाररत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गरे हुन् ।
उनको विषयमा बाँकी विवरण आउन बाँकी रहेको जनाइएको छ । संक्रमित ती व्यक्ति स्वास्थ्यकर्मी नभएको जानकारी गराइएको छ ।
अब ग्राण्डी अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी भइरहेको पनि जानकारी गराइएको छ ।
त्यस्तै, काठमाडौंको महारजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार नै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौरकी ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
अहिले ती महिलालाई गणेशमान भवनस्थित आइसोलेसनमा सारिएको जानकारी गराइएको छ । अहिले हेटौंडामा संक्रमित ती महिलाको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम सुरु भएको जनाइएको छ ।
हेटौंडा अस्पतालका अनुसार ती महिलामा स्वास प्रश्वासमा समेत समस्या देखिएको कारण काठमाडौं रेफर गरिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता