काठमाडौंको रविभवनमा कार र मोटरसाइकल एक-आपसमा ठोक्किदा १ को मृत्यु


काठमाडौं, २६ बैशाख । काठमाडौंको रविभवनमा निजी कार र मोटरसाइकल एक–आपसमा जुध्दा एकको ज्यान गएको छ ।
शुक्रबार (आज) विहान बा ३१ च् ४३४७ नम्बरको कार र बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किदा २३ वर्षीय टिका घेलालको ज्यान गएको हो ।
टिका घेलाल मोरङका बासिन्दा हुन् । कलंकीबाट कालीमाटीतर्फ आइरहेको उक्त कार र कालीमाटीबाट कलंकीतर्फ गइरहेको मोटरसाइकल एक-आपसमा ठोक्किएका थिए ।
मृतक घेलाल मासु पसलमा काम गर्दै आएका थिए । कुखुराको मासु बोकेर उनी कालीमाटीबाट कलंकी गइरहका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता