इलाम कन्यामका एक युवाले क्वारेन्टाइनबाट फर्केको ३ दिनपछि आत्महत्या गरे

इलाम, २६ बैशाखः इलामको सूर्योदय नगरपालिका–८ शान्ति चोकका एक युवाले क्वारेन्टाइनबाट फर्केको ३ दिनपछि आत्महत्या गरेका छन्। माघमा घर छाडेर वाग्लुङ पुगेका  ३८ वर्षीय युवाराज वागदास १३ दिनअघि घर फर्केका थिए। उनले घरै छेउको खन्युको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जानाएको छ।
बैशाख १६ देखि क्वारेन्टाइनमा बसेका वागदास ३ दिनअघि आडडिटी नेगेटिभ देखिएकपछि घर फर्केका थिए। यसअघि वागदासले चार पटकसम्म आत्महत्याको प्रयास गरेको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका निरीक्षक रमेश राईले जानकारी दिए।
पशुपतिनगरको क्वारेन्टाइनमा–८ दिन बस्दा उनको व्यवहार अरुको जस्तै सामान्य रहेको पशुपतिनगर प्राथमिक स्वास्थ चौकी प्रमुख किरण खरेलले बताए।होम क्वारेन्टाइनमा बस्नेगरी पठाइएका उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय अनिश याक्खाका अनुसार घर आएका उनी क्वारेन्टाइनमा जानुपर्ने भयले भागेपछि कन्याममा फेला पारेर क्वारेन्टाइनमा राखिएको थियो। वागदासका श्रीमती र ३ छोरी रहेको याख्खाले जानकारी दिए।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता