कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट ८ संक्रमित डिस्चार्ज, सबैलाई निगरानीमा राखिने


विराटनगर, २६ वैशाख । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका मध्ये ८ जनालाई डिस्चार्ज गरिएको छ ।
उनीहरुको पछिल्लो स्वाब परीक्षण गर्दा नेगेटिभ आएपछि शुक्रवार डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा उदयपुरको त्रीयुगा नगरपालिका ३ भुल्केका ५ जना विराटनगर महानगरपालिका २ जना र एक जना भारतीय रहेका छन् ।
उनीहरुमा कोरोना सम्बन्धी कुनै लक्षण देखिएको छैन । र, उनीहरुको स्वाव टेष्टबाट नेगेटिभ रिपोट आएपछि डिस्चार्ज गरेर क्वारेन्टाइनमा पठाइएको कोशी अस्पतालका निमित्त मेसु डा। संगीता मिश्राले जानकारी दिनुभयो । उहाँले सामान्य अवस्थामा रहेका उनीहरुलाई १५ दिन सम्म क्वारेन्टाइनमा राखिने र पुनः स्वात्र टेष्टपछि आएको रिपोर्ट हेरेर मात्र घर जान दिइने बताउनु भयो । आज डिस्चार्ज भएका आठ जना मध्ये ७ जनालाई विराटनगर १५ मा स्थापना गरेको मस्जिदको क्वारेन्टाइनमा राखिने छ, भने एक जना महिलालाई उदयपुरनै पठाउने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
यसअघि डिस्चार्ज भएका ६ जना विराटनगरको सो मस्जिदको क्वारेन्टाइनमा वसेका छन् । उनीहरु सबै डाक्टरको निगरानीमा रहने छन् ।
प्रदेश १ को विराटनगर स्थित कोभिड उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जना मध्ये १४ जना डिस्चार्ज भएका छन् । सो उपचार केन्द्रमा १७ जना उपचार गराइरहेका छन् । उनीहरुको पनि अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् ।
संक्रमितहरु उपचारपछि ठीक भएर फर्किन लागेको भन्दै उनिहरुका आफन्तहरुले उपचारमा संलग्न चिकित्सक टोली, प्रदेश सरकारलाई , सुरक्षाकर्मीलाई, जिल्ला प्रशासन र अस्पतालमा संलग्न सवैलाई स्वागत गर्दै प्लेकार्ड बोकेर अस्पताल अगाडि उभिएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता