सिंहदरबार गेट अगाडि प्रहरी र चिनियाँ नागरिकबीच झडप,डीएसपीसहित ४ प्रहरी र २ चिनियाँ नागरिक घाइते

काठमाडौँ , वैशाख २६:  घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडी धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा परी दुई चिनियाँसहित ६ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको छ ।प्रहरीको लाठी चार्जको क्रममा दुई चिनियाँ घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरु अस्पताल जान पनि नमानिरहेको प्रहरीले जनाएको छ ।
यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरीबहादुर बस्‍नेतसहित ४ जना प्रहरी घाइते भएका छन् ।
अहिले चिनियाँ नागरिकहरु फुटपाथमा बसेर धर्ना दिइरहकेा छन्ए । प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजेपनि हट्न मानिरहेका छैनन् ।
करिब २० जनाभन्दा बढी रहेका उनीहरु 'वी वान्ट टू गो ब्याक होम' लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडी धर्ना बसिरहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता