आज पुनः नेपालगञ्जकै एक संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १ सय २ पुग्यो


काठमाडौं, २६ बैशाख । नेपालमा पुनः आज एक जना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित किशोर १६ बर्षीय रहेको जानकारी दिनुभयो ।
भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा नेपालगञ्जकै एक १६ वर्षीय किशोरमा कोरोना पुष्टि भएको हो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता