लकडाउनको उल्लंघन गर्दै सिंहदरबारमा चिनियाँ नागरिकले प्रहरीलाई बर्दीमै समातेर ताने


काठमाडौं, २६ वैशाख । सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशमा लगाएको लकडाउनलाई चिनियाँ नागरिकले उल्लंघन गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।
चिनियाँ नागरिकले सिंहदरबारमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा चिनियाँ नागरिकले अटेर गरी उल्टै प्रहरीलाई हात हालेपछि झडप भएको छ ।
लकडाउनको निषेधित क्षेत्र तोडेका ३० जना भन्द बढि चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । एक प्रहरीलाई चिनियाँ नागरिकले बर्दीमै समातेर तानेपछि प्रहरीले लाठी चार्ज गरेको छ।
झडपमा एक जना महिला प्रहरी र तीन जना चिनियाँ नागरिक गरी चार जना घाइते भएको जनाइएको छ । केही समयको झडप पश्चात प्रहरीले चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता