एकै दिन ७ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या १०९

काठमाडौ । कपिलबस्तु, उदयपुर र पर्सामा कारोनाका थप ७ संक्रमित फेला परेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । 
उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलबस्तुका १७ र दुई जना १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । उनले भने 'अाज थप काेराेना संक्रमण देखिएका सबैकाे स्वास्थ्य सामान्य छ ।'
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता