मलेसियामा रहेका २० नेपालीमा काेराेना संक्रमण, ३ जना निकाे भएकाे दुतावासकाे भनाइ


काठमाडौं, २७ बैशाख । बैदेशिक रोजगारको शीलशिलामा मलेसिया पुगेका २० नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।


शुक्रबारसम्ममा २० जनामा कोरोना संक्रमण पुष्टी भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । जसमा ३ जना निको भएको र अन्य संक्रमितको उपचार भइरहेको दुतावासले बताएको छ । सुरक्षा गार्डमा गएका नेपाली सबैभन्दा धेरै कोरोना संक्रमाण भएको पाइएको छ ।
मलेसियाका एक संचारमाध्यमले बिहीबार ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना संक्रमण भएको उल्लेख गरेको थियाे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता