नेपालमा पनि कोरोना संक्रमणले महिला मृत्यु, अन्य दुई जना थपिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुग्यो

इलाम, ३ जेठः  कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।
स्वास फेर्न गाह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’ उनले भने, ‘त्यसपछि हामीले स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आयो । थप यकिन गर्न हामीले नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पठाएकोमा महिलालाई परिक्षणमा कोरोना संक्रमण पुष्टी भएको हो  ।’
स्रोतका अनुसार २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माउनको लागि भर्ना भएकी थिइन् । उनले २४ गते बच्चालाई जन्म दिएकी थिइन् । शिक्षण अस्पतालबाट २५ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएको जानकारी प्राप्त भएको छ ।
यसै गरि अहिले जानकारी भए अनुसार धनुसा निवासी २० र ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । जस्मध्ये एकजना महिलाको मृत्यु भएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता