इलाममा ६३७ जनाको आरडिटी र ४५ जनाको पिसिआर परिक्षण सवैको रिपोट नेगेटीभ

इलाम, ११ जेठः विदेशबाट र अन्य जिल्लाबाट आउने क्रम नरोकिए सँगै इलाममा कोरोना भाइरस (कोभिड १९)को परिक्षण गरिएको छ । आजमात्र इलाममा ७६ जना नेपाली भारतबाट प्रवेश गरेका छन् । अहिले सम्म इलाममा ४५ जनाको पिसिआर र ६३७ जनाको आरडिटी परिक्षण गरिएको छ । परिक्षण सवैको रिपोट नेगेटिभ आएको जिल्ला जनस्वस्थ्य कार्यलयका कोभिड १९ फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् । 
हाल सम्म ४६ जनाको स्वब परिक्षणको लागि पठाईकोमा १६ जनाको रिपोट आएको र सवैको रिपोट नेगेटिभ आएको पनि उनले जानकारी दिए । इलाम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु ११ जनाको र क्वरेन्टाइनमा रहेको २९ जनाको रिपोट नेगेटिभ आएको हो । क्वारेन्टाइनमा रहेका अन्य १ जनाको रिपोट आउन भने वाँकी रहेको उनले जानकारी गराए । 
अहिले इलाममा ७० जना स्थानीय सरकारले बनाएको विभिन्न क्वारेन्टाइनमा रहेकाछन् भने १ हजार २६ जना होम क्वारेन्टाइमा रहेका छन् । 
नेपालका हाल सम्म ६ सय ३ जनामा कोरोना संक्रमणको पुष्टी भई सकेको र ३ जनाको मृत्यु पनि भई सकेकोछ । त्यस्तै ८७ जना कोरोना संक्रमित उपचार पछि घर फर्किसकेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता