कोरोना कहरः भारतबाट आएका ७६ जना नेपाली इलामको पशुपतिनगर नाकाबाट नेपाल प्रवेश

Pashupatinagar: File Photo
इलाम, ११ जेठः अन्य जिल्लामा जस्तै इलाममा पनि भारतमा रोजगारीमा गएका नेपालीहरु नेपाल भित्रिएका छन् । आइतबार मात्र इलामको पशुपतिनगर नाकाबाट ७६ जना नेपाली नेपाल प्रवेश गरेका छन् । नेपाल प्रवेश गरेका मध्ये ५९ जना दोलखा जिल्लाको रहेको र उनीहरुको स्वास्थ्य परिक्षण गरेर दोलखा पठाएको जिल्ला प्रशासन कार्यालय इलामले जानकारी गराएको छ ।
अन्य १७ जना भने इलामकै भएकोले उनीहरुको स्वास्थ्य परिक्षण गरेरे सूर्योदय नगरपालिकाको करफोक विद्यामन्दिरमा रहेको क्वारेन्टाइनमा राखिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता