काेराेनाले भारत पनि भयावह बन्दै : एकैदिन ७५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या ३४ हजार नाघ्याे


काठमाडाैं, १९ वैशाख । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा शुक्रबार बिहनसम्म मृत्यु हुनेकाे संख्या १ हजार १ सय ५४ पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या ३४ हजार ८ सय ६३ पुगेकाे छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ हजार ८ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ७५ जनाको मृत्यु भएको छ । यसैबीच ९ हजार ६८ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।
बिहीबार बिहानसम्म भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या  १ हजार ७९ थियाे भने संक्रमितकाे संख्या ३३ हजार ६२ थियाे ।
विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या संख्या ३३ लाख ४ हजार ३०९ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या २ लाख ३३ हजार ८३९ पुगेकाे छ 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता