झापामा जंगली हात्तीको आक्रमणबाट एकको ज्यान गयो


झापा, ०४ जेठ । झापामा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । जिल्लाको कचनकवल गाउँपालिका-७ मा जंगली हात्तीको आक्रमणबाट एक ८० बर्षीय वृद्धको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मृत्यु हुनेमा स्थानीय वृखबहादुर राई रहेका छन् ।
उनलाई वनमा निगुरो टिप्न गएका बेला जंगली हात्तीले आक्रमण गरेको थियो । उनको शवलाई मेची अञ्चल अस्पताल भद्रपुरमा पोस्टमार्टम गरीएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता