नागढुंगामा डाक्टरलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं । वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक काठमाडौंबाट पक्राउ परेका छन् । शुक्रबार दिउँसो काठमाडौंको नागढुंगामा स्थानीय तहले खटाएको भन्दै एक हुल युवाले डा. कार्की सवार गाडीलाई रोकेर उनीमाथि दुर्व्यवहार गरेका थिए ।
चिकित्सकलाई दुर्व्यवहार गर्ने युवक उत्तम कार्की भएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौंकै चन्द्रागिरिबाट पक्राउ गरिएको छ । चिकित्सकलाई दुर्व्यवहार गरेको भिडियो उनी आफैँले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
ad
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले आफ्नो अधिकारक्षेत्र भन्दा बाहिर गएमा जोकोहीलाई पनि पक्राउ गरि कानुनी दायरामा ल्याइने बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता