महोत्तरीको बर्दिवासमा रहेको मध्य पृतनाका पृतनापतिमै संक्रमण देखिएपछि पूरै ब्यारेक ‘सील’ गरियाे


जनकपुरधाम, ४ जेठ । महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाका पृतनापतीमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सील गरिएको छ ।
पृतनापतिमा संक्रमण देखिएका कारण लगभग २ हजार सेना रहेको सो ब्यारेकलाई सील गरिएको हो । पृतनापतिसंगै सोही ब्यारेकका एक चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको थियो ।
सो ब्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, विद्यालय गण लगायत पृतना लगाएर दुई हजारको संख्यामा सेनाहरु रहेका छन् । त्यहाँ सेनाका जवानहरूमा संक्रमण बढ्न नदिनका लागि उनीलाई आवतजावतमा रोक लगाइनुका साथै सामाजिक दुरी कायम राख्न भनिएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीका अनुसार उनीहरु दूबैजनालाई उपचारका लागि काठमाडौँ पठाइसकिएको छ । उनले भने, ‘पृतनापति र चिकित्सक दुवैलाई उपचारका लागि सेनाकै गाडीमा शनिबार काठमाडौँ पठाइएको हो । उनीहरुको उपचार काठमाडौँस्थित सशस्त्र प्रहरीको आइसोलेसनमा चलिरहेको छ ।’
प्रमुख जिल्ला अधिकारी खत्रीले दुबै संक्रमित प्रदेश-२ का विभिन्न स्थानमा गएर स्वाब संकलन गर्दै आइरहेका थिए ।’ पृतनापति र चिकित्सक जनकपुरधाम, वीरगन्जलगायतका स्थानमा स्वाब संकलनका लागि पुगेको खत्रीले बताए । अहिले कन्टाक्ट ट्रेसिंगको काम भइरहेको छ ।
पृतनाभित्र अस्पताल, विद्यालय लगायतका संरचनाको निर्माण कार्य चलिरहेको थियो । सेनाको पृतनापतीमै कोरोनाको संक्रमणपछि ब्यारेक भित्र रहेका सेनामा त्रासको माहौल रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता