नेपालमा दोस्रो व्यक्तिको मृत्यु, क्वारेन्टाइनमा बसेका युवकको मृत्यु कोरोनाका कारण भएको पुष्टि


काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरस कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
बााँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरस कोभिड-१९ का कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको थियो ।
उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता