इटहरीका ब्यवसायी देवीप्रसादको शंकास्पद मृत्यु,हत्या आशंका


alt
इटहरी । इटहरीका एक युवाको शंकास्पद मृत्यु भएको छ । इटहरी १२ खनारका ३३ बर्षिय देवीप्रसाद दुलालको शंकास्पद मृत्यु भएको हो । उनी विराटनगरमा औषधिको डिलर सञ्चालन गदै आएका थिए ।
विराटनगर महानगरपालिका १० मधुमाराको देवी माँ पाथीभरा फर्मका संञ्चालक दुलाल सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि कोसी अञ्चल अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषित गरेको छ ।
मृतक दुलालको नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले घटनालाई शंकास्पद मानिएको हो । घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
अर्का औषधि व्यवसायी धनबहादुर काफ्ले, श्रीमती मीना श्रेष्ठ दुलाल र छिमेकी कल्याण राजवंशी मृतक दुलाललाइ विहान ३ बजे अस्पताल ल्याएकोमा अस्पताल मृतकको शवको अवस्था हेर्दा चिकित्सकले मृत्यु अस्वभाविक रहेको बताएपछि श्रीमती मीना, औषधि व्यवसायी काफ्ले र हरिमोहन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मृतकको घाँटीमा डोरीले कसेको डामका साथै शरीरका विभिन्न भागमा आक्रमण गरे जस्तो देखिने शंकास्पद चोटहरु रहेका छ । मृतक सुतेको ओछ्यानमा समेत रगत लतपतिको भेटिएको बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता