इलाम र पाँचथरको सीमानामा भारतले सीमा अतिक्रमण गरेको ठाउँमा मोदीको फोटो जलाएर यसरी विरोध गरियो (भिडियो सहित)

इलाम, ४ जेठः भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ। भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कब्जा गरेको विरोधमा आज इलाम र पाँचथरको सिमानामा भारत विरोधी नारा लगाउँदै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो जलाईएको छ । नेपाली कांग्रेस, नेपाल तरुणदल र नेपाल विद्यार्थी संघको अगुवाइमा सो काम गरेको नेपाल विद्यार्थी संघका प्रज्वल भट्टराईले जानकारी दिए ।
हेर्नुहोस भिडियोमा 

पछिल्लो समय सार्वजनिक भएको नक्साबमोजिम सीमा क्षेत्रको नेपाली भूमि भारतमा परेको उसको दाबी छ। एसएसबीले फालेलुङ गाउँपालिका–६ को सन्तकपुर आहालगैरी क्षेत्रको नेपाली भूमिमा आधिपत्य जमाएको छ। उक्त क्षेत्र पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको पश्चिम बंगालसँग जोडिएको छ। ‘एसएसबीले नेपाली भूमि कब्जा गरेको छ,’ फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवन राईले भने, ‘एसएसबीसँग हामीले वार्तासमेत ग¥यौं तर हाम्रो क्षमताले भूमि फिर्ता गर्न सकिएन।’

सीमा स्तम्भभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिन एसएसबीले कब्जा गरेको हो। अतिक्रमित जमिनमा तीन वटा पिलर ९सीमास्तम्भ० छन्। एउटा जंगे पिलर पनि छ। दुई सीमा स्तम्भबीच एउटा हटाइएको छ। जंगे पिलरभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिनमा एसएसबीले कब्जा जमाएको हो।नेपाली भूमि भारतले कब्जा गरेको थाहा भएपछि फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ नेतृत्वले एसएसबीसँग मंगलबार वार्ता गरेको थियो। वार्तामा माथिको निर्देशनअनुसार आफूले सीमा क्षेत्रको जमिन नियन्त्रणमा लिएको एसएसबीको कमान्ड गरिरहेका रिक्सल कुमारले बताएको राईले जानकारी दिए। ‘एसएसबीले नेपाली भूमि मिचेको हो,’ गाउँपालिका अध्यक्ष केरुङले भने, ‘हाम्रो स्तरबाट मिलाउन सम्भव भएन, यो विषयमा संघीय सरकारले गम्भीरतासाथ चासो दिनुपर्छ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता