विवाहिता महिला परपुरुषसँग एउटै रुखमा झुण्डिएको अवस्थामा फेला


बुटवल, २३ बैशाख । रुपन्देहीमा दुईजनाले एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।
श्रीमान रोजगारीको सिलसिलामा विदेश रहेका गुल्मी जिल्ला मदाने गाउँपालिका-५ मलागिरी घर भै रुपन्देहीको मोतिपुरमा वस्ने वर्ष २४ की गीता खडका क्षेत्री र उदयपुर जिल्लाका वर्ष ३० का हिरा श्रेष्ठ एउटै रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको छ । 
बुटवल उपमहानगरपालिका वडा नम्बर १९ मोतिपुरको जगलमा सिसौको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई दुवैजना सँगै जस्तै गरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
एकछोरा रहेकी खड्काले किन उक्त परपुरुषसंग संगै आत्महत्या गरिन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीको एक उद्योगमा काम गर्ने श्रेष्ठले परस्त्रीसंग संगै आत्महत्या गर्नुले ती दुई वीचमा अनैतिक सम्बन्ध रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । आत्महत्या गरेका दुवै जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता