विश्वभर काेराेनबाट मृत्यु हुने संख्या २ लाख ६५ हजार नाघ्याे, १३ लाख संक्रमित निकाे भए


काठमाडाैं, २५ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार नाघेकाे छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार ४२ पुगेकाे छ । विश्वभर अहिलेसम्म ३८ लाख २१ हजारभन्दा बढी काेराेना संक्रमित भएका छन् ।
महामारीको रुप लिएको कोरोना संक्रमणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ, सो भन्दा साढे चार गुणा बढी मानिसहरु उपचारपछि निको भएका छन् । सङ्क्रमितमध्ये १२ लाख ९९ हजार ३६१ सय भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ४.९० गुणा बढी हाे ।
पछिल्लाे २४ घण्टमा मात्रै विश्वभर काेराेनाबाट ६ हजार ८११ जनाले ज्यान गुमाएका छन् भने ९५ हजारभन्दा बढी नयाँ काेराेना संक्रमित थपिएका छन् ।
विश्वभर अहिले २२ लाख ५७ हजार बढीमा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ४८ हजार २२८ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कुन दशेकाे अवस्था कस्ताे ?
अमेरिका
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ७४ हजार ७९९ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १२ लाख ६३ हजार पुगेकाे छ ।
संक्रमितमध्ये २ लाख १२ हजार ९८१ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९ लाख ७५ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये झण्डै १६ हजारकाे अवस्था गम्भीर रहेको छ ।
इटाली
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २९ हजार ६८४ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख १४ हजार ४५७ कोरोनाबाट संक्रमित भएका छन् ।
संक्रमितमध्ये ९३ हजार २४५ पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ९१ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने १३ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
स्पेन
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ५३ हजार ६८२ पुगेकाे छ ।
स्पेनमा कोरोनाका कारण २५ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ५९ हजार ३५९ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६८ हजार ४६६ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये २ हजारकाे अवस्था भने गम्भीर रहेको छ ।
बेलायत
अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३० हजार ७६ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख १ हजार पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ७० हजार ६८१ जनामा कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
फ्रान्स
कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७४ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २५ हजार ८०९ पुगेको छ । संक्रिमतमध्ये ५३ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९४ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये ३ हजार १४७ काे अवस्था भने गम्भीर रहेको छ ।
जर्मनी
जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ६८ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ७ हजार २७५ पुगेको छ । अहिले जर्मनीमा २३ हजार १९१ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ३७ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।
टर्की
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख ३१ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ५८४ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ७८ हजार २०२ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ४९ हजारमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये १२ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
रूस
पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । केही दिनयता लगातार दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेकाे छ । अहिलेसम्म रूसमा एक लाख ६५ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १ हजार ५३७ पुगेकाे छ । संक्रमितमध्ये २१ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ४३ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तिमध्ये ११ सयकाे अवस्था गम्भीर रहेकाे छ । 1
ब्राजिल
ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख २६ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ८ हजार ५८८ पुगेकाे छ । संक्रमितमध्ये ५१ हजार २२१ पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ हजार ३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
इरान
इरानमा टर्की र रूसमा भन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ४१८ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख १ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ८१ बढी निकाे भएका छन् ।
चीन
कोरोनाको उद्गम स्थल चीन भने अहिले २९५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजार ९५७ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८८५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
कोरोनाभाइरस महामारीबाट अति प्रभावित युरोपेली देश स्पेन र इटालीमा पछिल्लो समय कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या निरन्तर घट्दै गएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता