भारतमा काेराेना संक्रमितकाे संख्या ५३ हजार पुग्याे, मृत्यु हुनेकाे संख्या १८ सय नजिक

काठमाडाैं, २५ वैशाख । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ८५ पुगेकाे छ भने संक्रमितकाे संख्या ५२ हजार ९ सय ८७ पुगेकाे छ । यसैबीच १५ हजार ३ सय ३१ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ५ सय ८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ९२ जनाको मृत्यु भएको छ । भारतमा बुधबार बिहनसम्म मृत्यु हुनेकाे संख्या १ हजार ६९३ थियाे भने संक्रमित संख्या ४९हजार ४०० थियाे ।
भारतमा मंगलबार एकैदिनमा मात्र १२३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकाे थियाे । सोमबार त्यहाँ एकै दिनमा कोरोना संक्रमणबाट हालसम्मकै सर्वाधिक १७५ जनाको ज्यान गएको थियो । 
काेराेनाकाे संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएर मे १७ {जेठ ४} सम्म पुराएकाे छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुन १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता