राैतहट : कोरोना संक्रमितकाे सम्पर्कमा आएका अन्य ४७ जनाकाे रिपाेर्ट नेगेटिभ


रौतहत, १९ बैशाख । रौतहटका कोरोना संक्रमित २ जनाकाे सम्पर्कमा आएका ४७ जनाकाे काेराेना भाइरस परिक्षणकाे रिपार्ट नेगेटिभ आएको छ ।
संक्रमितहरूका परिवारका सदस्य , नजिकका आफन्त र उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखेर स्वाब जम्मा गरेर परिक्षणकाे लागि मंगलबार केन्द्रीय प्रयाेगशाला टेकुमा पठाइएको थियो ।
गत मंगलबार रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालिकामा २ जनामा काेराेना संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा अन्य व्यक्ति पहिचान गरिएकाे थियाे । साे क्रममा उनीहरूकाे परिवार र सम्पर्कमा आएका व्यक्तिहरूकाे स्वाव परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी वासुदेब घिमिरेले जानकारी दिनुभयाे ।
उहाँका अनुसार रौतहटमा कोरोना भाइरस संक्रमित भएका २ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा ४७ जनाको स्वाब परिक्षणको लागी संकलन गरि केन्द्रीय प्रयाेगशाला टेकु पठाइएकाे थियाे । हाल सबै ४७ जनालाई क्वारेन्टाइनमा राखिएकाे छ ।
यसरी क्वारेन्टाइनमा राखिएकाहरूकाे रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमै राखिरहने कि घर जान दिने भन्नेबारे स्वास्थ्य विज्ञहरूसँग सल्लाह गरेर निर्णय लिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
“संक्रमितका सम्पर्कमा आएका नजिकका व्यक्तिहरूमा संक्रमण नदेखिनु सुखद् पक्ष हाे ” उहाँले भन्नुभयो , ” हामीले कन्ट्याक्ट् ट्रेसिङ्ग जारी राखेका छाैँ । हामी जिल्लामा संक्रमण नफैलियाेस् भनेर पूर्ण रूपमा सचेत छाैँ ।”
रौतहटमा बुधबारबाट सुरु भएको मास परिक्षण अन्तर्गत हालसम्म बृन्दावन नगरपालिका वाड नंं ९ भुसाहाका २१ जना चन्द्रपुर नगरपालीकाको २ जना, देवाहीगोनाही नपाको १३, ईशनाथ नपाको १९, कटहरिया नपाको ३१, फतुवा विजयपुर नपाको ३ तथा गौर र गरुडा नगरपालीकाको १—१ जनाको गरी ९१ जनाको परिक्षण गरिएको उहाँले जानकारी दिनुभयाे । उहाँका अनुसार परिक्षण गरिएका ९१ जनाकै रिर्पोट नेगेटिभ आएको छ ।
जिल्लामा हालसम्म तीन जनामा कोरोना भाइरस संक्रमण भेटिएकाेमा एकजना उपचार पश्चात् निकाे भएर भएर घर फर्किसकेका छन् । गत मंगलबार भेटिएका वृन्दावन र देवाहीगोनाही नगरपालीकाका दुईजना संक्रमितहरुकाे विरगंजमा अवस्थित नारायणी उपक्षेत्रीय कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । उनीहरू दुबैजनाकाे स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता