शुक्रबारे आगलागि अपडेटः आगलागी नियन्त्रणमा, तीन वटा घर पूर्ण रुपमा नष्ट

इलाम, २९ बैशाखः इलामको माईजोगमाई गाउँपालिका ३ नामसालिङमा रहेको पुरानो बजार शुक्रबारे वजारमा लागेको आगलागी नियन्त्रणमा आएको छ । आगलागिबाट तीन वटा घर पूर्णरुपमा नष्ट भएका छन् ।  रुकमणी प्रधानको घर भत्कार आगो फैलिन नदिएर आगलागि नियन्त्रणमा ल्याइएको हाम्रा सहकर्मी गगन घिमिरेले जानकारी गराए । स्थानीय माङ्गेलाल गर्गको घरबाट आगलागि शुरु भएको आगलागिबाट माङ्गेलाल गर्गको र छत्रकुमारी दर्जीको घर पूर्णरुपमा नष्ट भएको हो । आगलागि नियन्त्रर्णको लागि स्थानीय रुकमणी प्रधानको  घर भत्काइएको  हो । 
आगलागि नियन्त्रणको लागि स्थानीयवासी नेपाल प्रहरी लागि परेका थिए । दमकलको अभावमा आगो नियन्त्रणमा ल्याउन मुस्कील परेको स्थानीयवासीले जनाएका छन् । आगलागिबाट कति क्षति भएको अहिले एकिन हुन सकेको छैन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता