इलाम नाम्सालिङको सुक्रबारेबजारमा आजलागी, नियन्त्रणमा ल्याउने प्रयास जारी

इलाम, २९ बैशाखः इलामको माईजोगमाई गाउँपालिका ३ नाम्सालिङमा रहेको पुरानो बजार शुक्रबारे वजारमा आगलागी भएको छ । अन्दाजी १० वजेतिर शुरु भएको आगलागी यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आएको छैन । स्थानीय माङ्गेलाल गर्गको घरबाट आगलागि शुरु भएको र आगलागिबाट २ वटा घरमा पूर्ण रुपमा  क्षति भई सकेको अन्य एक घर भत्काइएको र पनि आगलागि नियन्त्रणमा नआएको  जानकारी आएको छ ।  के कारणले अागलागि भएकाे भने थाहा हुन सकेकाे छैन । नियन्त्रणको लागि स्थानीयवासी नेपाल प्रहरी लागि परेका छन् दमकलको अभावमा आगो नियन्त्रणमा ल्याउन मुस्कील परेको स्थानीयवासीले जनाएका छन् । नियमित अपडेको लागि माइपोखरी न्युजको साथमा रहनुहोला । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता