उदयपुरको भुल्केमा थप ३ सय ३४ जनाको स्वाब संकलन

बैशाख, २४ उदयपुर । कोरोनाको हटस्पोट मानिएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा आज थप ३ सय ३४ जनाको थ्राेट स्वाबको नमूना संकलन गरिएको छ ।
भुल्के क्षेत्रका २८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि संक्रमितहरुको सम्पर्कमा आएका र गाउँलेहरुको स्वाब संकलन गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरको स्वास्थ्यकर्मी टोलीले स्वाब संकलन गरेको हो । संक्रमित क्षेत्र भुल्केका मुस्लिम समुदायका २ सय ३४ जना र अन्य समुदायका एक सय जना गरी जम्मा ३३४ जनाको नमूना संकलन गरिएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।
उक्त संकलित स्वाबको नमूना परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको जनस्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।
भुल्केमा वैशाख ५ गतेदेखि ९ गतेभित्र परीक्षण गर्दा २८ जना संक्रमित फेला परेपछि सिंगो उदयपुर त्रसित बन्न पुगेको थियो ।
कोरोना संक्रमित २८ जनामध्ये बुधबार कोशी कोरोना विशेष अस्पताल विराटनगरबाट डिस्चार्ज भएका ६ जनालाई रानीस्थित एक मस्जिदमा राखिएको छ ।
न्युज२४बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता