विश्वभर कोरोनाबाट ७८ लाख संक्रमित, ४० लाखभन्दा बढी निकाे भइसके


काठमाडाैँ, ३२ जेठ । विश्वभर काेरोना भाइरस (काेभिड-१९) सङ्क्रमित दर बढिरहेसँगै निकाे हुने दर पनि बढिरहेकाे छ । अहिलेसम्म विश्वभर काेराेना संक्रमित संख्या ७८ लाख ५९ हजार नाघेकाे छ । शनिबार मात्रै विश्वभर १ लाख २८ हजार नयाँ संक्रमित थपिएका छन् ।
काेराेना भाइरस संक्रमणबाट अहिलेसम्म विश्वमा ४ लाख ३२ हजारभन्दा बढीकाे मृत्यु भइसकेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । शनिबार मात्रै विश्वभर काेराेनाबाट ४ हजार ३९ जनाकाे मृत्यु भएकाे छ ।
तर मृत्यु हुनेकाे तुलनामा निको हुने दर तीव्र रूपले बढिरहेकाे छ । विश्वभर सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ५१ प्रतिशतभन्दा बढी निकाे भएर घर फर्किएका छन् । पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख ७८० जना संक्रमुक्त भएकाे वर्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ ।
अहिलेसम्म काेराेनाभाइरसलाई जितेर घर फर्कनेको संख्या ४० लाख  हजार ३५ नाघेकाे छ । सबैभन्दा धेरै संक्रमित तथा मृत्यु संख्या र निकाे हुनेकाे संख्या अमेरिकामा रहेका छन् । अहिलेसम्म त्यहाँ २१ लाख ४२ हजारभन्दा बढी मानिस संक्रमित हुँदा ८ लाख ५४ हजारभन्दा बढी निकाे भएका छन् । तर १ लाख १७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
उता ब्राजिलमा ८ लाख ५० हजारभन्दा बढीमा सङ्क्रमण देखिएकाेमा ४ लाख ३७ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । ब्राजिलमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या पनि अमेरिकापछि दाेस्राे बढी रहेकाे छ । त्यहाँ अहिलेसम्म ४२ हजार हजार ७९१ जनाले ज्यान गुमाइसकेका छन् ।
यसैगरी रूस र भारतमा पनि काेराेना संक्रमितकाे संख्या बढिरहेकाे छ । तर त्यहाँ मृत्युदर कम र निकाे हुने दर बढी छ । रूसमा अहिलेसम्म ५ लाख २० हजारभन्दा बढी मानिसमा संक्रमण फैलिएकाेमा २ लाख ७४ हजारभन्दा बढी निकाे भइसकेका छन् । भारतमा पनि ३ लाख २१ हजारभन्दा बढी मानिस संक्रमित भएकाेमा १ लाख ६२ हजारभन्दा बढी निकाे भइसकेका छन् । तर भारतमा अहिलेसम्म काेराेनाबाट ९ हजार १९९ काे मृत्यु भइसकेकाे छ भने रूसमा ६ हजार ८२९ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता