गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि, कुल संक्रमित ४ सय ८८ पुगे


काठमाडौं, ६ असार । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार साँझ तनहुँको व्यास नगरपालिकाका २७ वर्षीय पुरुष र ४० वर्षीया महिला गरी दुई जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, बागलुङको गलकोट नगरपालिकाका २५, ४०, ३०, ४१, ५१, २३, ४३ र २० वर्षीय ८ जना पुरुषहरु, ताराखोला गाउँपालिकाका २४ वर्षीय पूरुष, बडिमाई गाउँपालिकाका ३२, ३४ र २३ वर्षीय ३ जना पुरुष र ७२, ३७ र २० वर्षीया महिला गरी कुल ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै, बागलुङकै बागलुङ नगरपालिकाका २५, ५०, १९, ४२, ५४ र २५ वर्षीय ६ जना पुरुष र ढोरपाटन नगरपालिकाका २३, ३८, ३१, २६, २०, १७ र २ वर्षीय पुरुष र १८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यता नवरपरासी (बर्दघाट सुस्ता पूर्व)का १८ जनामा कोरोना पुष्टि भएको छ । बुलिङटार गाउँपालिकाका १८ वर्षीय पुरुष, पालिका नखुलेको अर्को ७ वर्षीय बालक, मध्यविन्दू नगरपालिकाका २९, १९, २६, ३१, २६, ३९, १६, १८, २०, ४०, १६, ३, २३ र १७ वर्षीय १४ जना पुरुष र २१ र २५ वर्षीया २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, मुस्ताङको धरपजोङ नगरपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ४ सय ८८ पुगेको छ ।
कोरोना पुष्टि भएका सबै जना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका छन् । अब उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता