इलाममा दोस्रो कोरोना संक्रमितको पुष्टि, ससंकित वनाउने ट्राभल हिस्ट्री

इलाम ३० जेठः  इलाममा फेरी  एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । सूर्योदय नगरपालिका वडा नम्बर १२ मा रहेको करफोक विद्या मन्दिरको क्वारेन्टाइनमा रहेका १८ वर्षे युवालाई कोरोना पोजेटीभ देखिएको हो । उनको स्थायी ठेगानाभने सूर्योदय नगरपालिका १४ हो । उनी जेठ २५ गते भारतको सिलिगुडीबाट आएका थिए ।  ४६ जनाको स्वाव संकलन पठाएकोमा एक जनाको पोजेटिभ र अरुको नेगेटिभ आएको हो । उनलाई उपचारको लागि पूवाञ्चल बिश्व बिधालय गोठगाँउको कोरोना अस्पताल पठाइसकिएको  छ । 
भारतको सिलिगुडीबाट उनी काँकरभिट्टा नाका भएर नेपाल आएका थिए उनले काँकरभिट्टामा आरडीटी परिक्षण गराउँदा नेगेटीभ आएको थियो । झापाबाट उनी इलामबजार आउने एउटा वालेरोमा भाडा तिरेर आएका थिए भने उनी सँग एकजाना इलामका युवा पनि आएका थिए । अहिले सम्म इलामको कुन गाडीमा आएका थिए र आर्का युवा को थिए भन्ने पत्ता नलागेको सूर्योदय नगरपालिकाका कोरोना फोकल पर्शन विपुल अधिकारीले वताए । 
इलाममा अहिलेसम्म २ जनामा कोरोना पोजेटिभ देखिसकिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता