गण्डकी प्रदेशमा थपिए ३७ जना कोरोना संक्रमित, स्याङ्जामा मात्रै २२ जना


काठमाडौं, ३० जेठ । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु स्याङ्जामा मात्रै २२ जना फेला परेका छन् । त्यस्तै पर्वतमा १३, तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमितहरु सबै पुरुष हुन् ।
गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको गल्याङ नगरपालिकामा सबैभन्दा धेरै १८ जना संक्रमित फेला परेका छन् । उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन् ।
यसैगरी वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ । स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको छ ।
पर्वतको कुश्मा नगरपालिकामा ८ जना तथा पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा २० वर्षीय र ३२ वर्षीय एक–एकजना संक्रमित फेला परेका छन् । पर्वतकै अर्का एक जना ३२ वर्षीय पुरूषमा पनि काेराेना पुष्टि भएकाे छ । उनकाे स्थानीय तह खुलेको छैन ।
तनहुँको घिरिङ गाउँपालिकामा एज जना १९ वर्षीय युवक र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाकामा १७ वर्षीय जना युवकमा पनि कोरोना पुष्टि भएकाे छ ।
याेससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता