काेराेनाभाइरस : स्पेन र बेलायतलाई उछिन्दै भारत चाैथाे नम्बरमा, हालसम्मकै बढी दैनिक मृत्यु


काठमाडाैं, ३० जेठ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा उक्लिएकाे छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।
हिजाे बिहीबार बिहानसम्म भारत छैटाैँ स्थानमा थियाे । शुक्रबार बिहानसम्म स्पेन र बेलायतलाई उछिनेर चाैथाे नम्बरमा आएको हाे ।
बिहीबार भारतमा हालसम्मकै बढी दैनिक मृत्युका केस फेला परेका छन् । बिहीबार मात्रै त्यहाँ ११ हजार १२८ संक्रमित फेल परेका छन् भने ३९४ जनाकाे मृत्यु भएकाे छ । बुधबार त्यहाँ काेराेनाभाइरसका कारण ३८८ जनकाे मृत्यु भएकाे थियाे ।
भारतमा बुधबार हालसम्मकै सर्वाधिक दैनिक संक्रमितकाे संख्या भेटिएका थए । बुधबार त्यहाँ १२ हजार ३७५ जना कोरोनाभाइरस पुष्टि भएकाे थियाे ।
याे समाचार तयार पार्दासम्म भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ९८ हजार २८३ पुगेकाे वर्ल्डाे मिटर्सकाे तथ्यांकले जनाएकाे छ । साथै त्यहाँ काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या ८ हजार ५०१ पुगेकाे छ ।
अहिले भातरमा १ लाख ४६ हजार ९७२ मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख ४२ हजार ८१० जना भने सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । बिहीबार एकै दिन ५ हजार ९९३ जना निकाे भएर घर फर्किएकाे बताइएकाे छ ।
भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता