थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो


काठमाडौं, ३२ जेठ । मुलुकमा थप ४ सय २५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय २५ जना संक्रमित थपिएका हुन् । संक्रमितमा ३ सय ७५ पुरुष र ५० महिला छन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ हजार ७ सय ६० पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता