अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या, विगत ६ महिनादेखि डिप्रेशनमा थिए

इलाम, ३२ जेठ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्मह’त्या गरेका छन् । ३४ वर्षीय अभिनेता सुशान्तले मुम्बईस्थित आफ्नै घरमा झुण्डिएर आत्मह’त्या गरेका हुन् । भारतीय रिपोर्टका अनुसार बलिउडका लोकप्रिय अभिनेता सुशान्तको घरमा उनका साथीहरु पनि थिए । उनका साथीहरुका अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रेशनमा थिए ।
सुशान्तले आफ्नो कोठाको ढोका नखोलेपछि उनका साथीहरुले ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा भेटेका थिए । त्यसपछि उनका साथीहरुले पुलिसलाई तत्काल खबर गरेका जनाइएको छ ।
अभिनेता सुशान्तले आफ्नो करियरको सुरुवात टीभी एक्टरको रुपमा सुरु गरेका थिए । उनले सबै भन्दा पहिले ‘किस देश मे है मेरा दिल’ नामक धारावाहिकमा काम गरेका थिए । तर, उनी एकता कपुरको धारावाहिक ‘पवित्र रिश्ता’बाट चर्चामा आउन सफल बनेका थिए ।
त्यसपछि उनको फिल्ममा यात्रा शुरु भयो, उनी फिल्म ‘काय पो छे’बाट लिड रोलमा देखिएका थिए । उक्त फिल्ममा उनको अभिनयको निकै तारिफ भएको थियो ।
धोनी की बायोपिक साबित भएको थियो सुशांतका लागि टर्निंग प्वॉइंट
त्यसपछि उनी ‘शुद्ध देशी रोमान्स’मा वाणी कपुर र परिणीति चोपडाको साथमा देखिए । साथै आमिर खानको सुपरहिट फिल्म ‘पिके’मा पनि उनले काम गरे । तर, भारतीय टिमको पूर्व कप्तान एम एस धोनीको बायोपिक फिल्मबाट भने उनी बलिउडका चर्चित र सफल अभिनेता बन्न सफल बनेका थिए । सो फिल्म बक्स अफिसमा सुपरहिट बनेको थियो । सो फिल्मले सय करोड कमाउन सफल भएको थियो । 
पछिल्लो समय उनी सोनचिडिया, छिछोरे, र केदारनाथमा देखिएका थिए । साथै उनको अपकमिङ फिल्म ‘किजी और मैनी’ थियो । यस फिल्मको केही दिन अगाडि मात्रै फस्र्ट लुक सार्वजनिक भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता