इलामको माइ नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यू १ जना घाईते

इलाम, २६ असारः इलाम माई नगरपालिका १ पालटारमा बिहीबार ट्याम्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  
 मे १ त ७४४० न.को ट्याक्टर खेत जोतेर फर्किने क्रममा आफै अनियन्त्रित भई बाटोबाट  तल खसी दुर्घट्ना हुदा ट्याक्टर चालक जिल्ला इलाम माइ नगरपालिका ८ फुलबारी बस्ने बर्ष २१ का सुजन बिश्वकर्मा उक्त ट्याक्टरमा सवार सोही स्थान बस्ने बर्ष १९ को समिर बिश्वकर्मा र माइ नगरपालिका १ बस्ने बर्ष ११ को नितेश गिरी घाईते भई उपचारको लागि झापा तर्फ पठाईएकोमा चालक जिल्ला इलाम माइ नगरपालिका ८ फुलबारी बस्ने बर्ष २१ को सुजन बिश्वकर्मा र  माइ नगरपालिका १ बस्ने तिर्थराज गिरीको छोरा बर्ष ११ को नितेश गिरीको बाटोमानै मृत्यू भएको हो ।  
उक्त ट्याक्टरमा सवार माइ नगरपालिका ८ बस्ने बर्ष १९ को समिर बिश्वकर्माको विएनसी अस्पताल झापामा उपचार भई रहेको छ । उनको  अवस्था  सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराउको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता