इलामको रोङका २२ वर्षिय पुरुषमा कोरोना पोजेटिभ, इलाममा संक्रमितको संख्या १४ पुग्यो


इलाम, २६ असारः इलाममा एक जना कोरोना संक्रमित थपिएका छन् । यो संगै इलाममा कोरोना पोजेटीभको संख्या १४ जना पुगेको छ । २२ वर्षिय पुरुषमा आज विराजनगरबाट आएको रिपोटमा कोरोना पोजेटिभ देखिएको हो । गत १८ गते भारतबाट आएका उनी काँकरभिट्टा नाका हुँदै रोङको शान्तिनिकेतको क्वारेन्टाइमा आएकार वसेका थिए । उनलाई उपचारको लागि मोरङको पठाउने तयारी भईरहेको गाउँपालिकाका अध्यक्ष समसेर राईले वताए । अहिलेसम्म इलाममा उपचार पछि ७ जना घर पर्किएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता