इलाम, २८ असारः इलाममा रहेका कोरोना संक्रमित मध्ये आज २ जना उपचार पछि घर फकिए संगै उपचार पछि घर फर्कनेको संख्या १० पुगेको छ । इलाममा हाल सम्म १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १० जना घर फर्किए सँगै अहिले ४ जना उपचारत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहको छ ।
इलाममा अहिले २११ जना विभिन्न नगरपालिका र गाउँपालिकाको क्वारेन्टाइनमा रहेका छन् भने १५६ जना होम क्वारेन्टाइनमा रहेका छन् । इलाममा अहिले सम्म १४ सय १ जनाको पिसिआर परिक्षण गरिएको छ जस मध्ये १४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । १३सय ८७ जनाको रिपोट नेगेटिभ आएको छ भने स्वब निकालेका ७८ जनाको रिपोट आउन बाँकी रहेको छ ।