संक्रमितको संख्या उल्लेख्यरुपमा घट्यो, पछिल्लो २४ घण्टामा मात्र ७० जनामा संक्रमण


काठमाडौं, २७ असार । मुलुकमा थप ७० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या उल्लेख्यरुपमा घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७० जना संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार ७ सय १९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण ७० जनामा संक्रमण पाइएको हो ।
नेपालमा शनिबार सम्ममा पीसीआर परीक्षण कुल २ लाख ७९ हजार ५ सय ९९ जनाको सम्पन्न भएको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको २४ हजार ९७ रहेको छ भने आइसोलेसनमा ८ हजार ४ सय ४२ जना रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता