थप ४ सय ८२ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या १४ हजार नाघ्यो


काठमाडौं, १७ असार । मुलुकमा थप ४ सय ८२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ८२ जना संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ । मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा १ सय १७ महिला र ३ सय ६५ पुरुष गरी ४ सय ८२ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका ७ जना, सिरहाका २ र सुनसरीका १ जनामा संक्रमण देखिएको छ । त्यस्तै कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा इलामका २ जना, झापाका ६ र मोरङका १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ७ जना, मोरङ, ताप्लेजुङका १÷१ जना संक्रमित थपिएका छन् । त्यस्तै जनकपुर प्रयोगशालामा धनुषाका २१ जना, महोत्तरीका ३६ जनामा संक्रमण देखिएको छ ।
नारायणी अस्पताल बीरगञ्जमा पर्साका १ जनामा संक्रमण देखिएको छ । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ५९ जना, बझाङका १८, बाजुराका ७, गोरखाका २ र कैलालीका १४, कञ्चनपुर र पर्वतका १÷१ जनामा संक्रमित फेला परेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका ६ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल प्रयोगशालामा गोरखाका १, चितवनका १२, झापाका १, नवलपरासी पूर्वका ११ जना थपिएका छन् । त्यस्तै किटजन्य प्रयोगशाला हेटौँडामा बाराका १ जना संक्रमित फेला परेका छन् ।
धुलिखेल अस्पतालमा भएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल ललितपुरमा भक्तपुरका १ जना, काठमाडौँका ४, मोरङका १ र ललितपुरका ५ जनामा संक्रमण भेटिएको छ ।
बीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ७ जना, अछामका ६६ र बाजुराका १८, डोटीका ११, कैलाली १० र कञ्चनपुरका ९ जना संक्रमित थपिएका छन् । पोखरा जनस्वास्थ्य प्रयोगशालामा बाग्लुङका ३ जना, स्याङ्जाका ८ र तनहुँका १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ३ जना र लमजुङका १० जना संक्रमित फेला परेका छन् । रुपन्देही प्रयोगशालामा भएको परीक्षणमा अर्घाखाचीँका १ जना गुल्मीका, नवलपरासीका १ र पाल्पाका २ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँके ११, बर्दियाका ११, दैलेखका २, कालिकोटका २, सल्यानका १५ र सुर्खेतमा २२ जना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका २ जना संक्रमित फेला परेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा बाजुराका १ जना र जुम्लाका १ जना थपिएका छन् । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा अछामका र बैतडीका १/१, कैलालीका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार मुलुकमा कोरोना भाइरका कारण ३० जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म ४८ हजार ३ सय ६२ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ९ हजार ३ सय ६० जना छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६२ जना विरामी निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४ हजार ६ सय ९६ पुगेको छ । मन्त्रालयका अनुसार मुलुकभर २ लाख ३३ हजार २ सय २७ जनाको पीसीआर जनाको परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता