इलाममा फेरी थपिए दुइजना कोरोना संक्रमित, इलाममा कोरोना संक्रमितको संख्या १० पुग्यो

इलाम, २७ असारः इलाममा आज मात्रै दुईजनामा कोरोना पोजेटिभ देखिए पछि इलाममा कोरोना संक्रमितको संख्या १० पुगेको छ । कुवेतबाट आएर   सूर्योदय नगरपालिकाको कृष्णाश्रम माविको क्वारेन्टाइनमा रहेका वडा नं १० की ४० बर्षिया र वडा नं १४ की २४ बर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । असार ८ र ९ गते क्वारेन्टाइनमा बसेका उनीहरुको स्वास असार १२ गते संकलन गरेर परिक्षणमा पठाइएको सूर्योदय नगरपालिकाका कोभिड–१९ फोकल पसर्न बिपुल अधिकारीले जानकारी दिए ।

उनीहरुलाई विराटनगरको कोभिड १९ अस्पतालमा पठाउने तयारी भइरहेको अधिकारीले जानकारी दिए ।  पछिल्लो समय विदेशबाट उद्धार गरि ल्याइएकाहरुमा कोरोनाको संक्रमण देखिन थालेको हो । इलाममा भएका दुइजनाले कोरोना जीतेर घर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता