नेपालका कोरोनाबाट एकै दिन ३ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो


काठमाडौं, १२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।पर्सा, धनुषा र बारामा एक एक जनाको मृत्यु भएसँगै संख्या ४८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगर वडा १० निवासी ६५ वर्षीय भारतीय नागरिकको साउन ११ गते बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । मुटु तथा मधुमेहका रोगी हुनुहुन्थ्यो ।
धनुषा जिल्ला सहिन नगरपालिका वडा नम्बर ८ बुहमरिया निवासी ३६ वर्षीय पुरुषको साउन ११ गते कोरोनाका कारण मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि साउन १० गते जनकपुर अस्पतालको इमर्जेन्सीबाट आइसीयूमा राखिएको थियो । तर, थप समस्या भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा मृत्यु भएको हो ।
यस्तै, बारा जिल्लाको फेट गाउँपालिका वडा नम्बर ३ निवासी ६० वर्षीय पुरुषको आज त्रिवि शिक्षण अस्पतालमा कोरोनाबाट मृत्यु भएको छ । उहाँ निमोनिया, मष्तिस्कघात र मृगौला सम्बन्धी रोगबाट ग्रसित हुनुहुुन्थ्यो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता