हिरासतमा रहेका थुनुवामा कोरोना पुष्टि, सम्पर्कमा रहेका २३ जनाको स्वाव संकलन


कालिकोट, २८ असार । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२६ गते प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट थुनुवामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएका वीरेन्द्रनगर नगरपालिकाका ३२ वर्षीय युवक असार १४ गते हाडनाता करणीको आरोपमा पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा रहेका ९ जना थुनुवाको स्वाव संकलन गरि पठाएकामा एक जनाको पोजिटिभ आएको सुर्खेतका एसपी राजेन्द्र प्रसाद भट्टले बताउनु भयो ।
कोरोना संक्रमण पुष्टि भएका थुनुवाको सम्पर्कमा रहेका आफन्त तथा प्रहरीसहित २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।
कोरोना पोजेटिभ देखिएका युवकलाइ अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेसनमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता