नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले माइजोगमाईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

इलाम, २० असारः नेपाली काँग्रेसका युवा नेता डम्बर खड्काले माइजोगमाइ गाउँपालिकाका स्वास्थ्य कार्यलयको  लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको छ । 
बिश्व महामारीको रुपमा फैलिएको कोभिड ज्ञढ को विषम परिस्थितिमा अग्र भागमा काम गर्ने स्वास्थ्यकर्मीका लागि नेपाली काँग्रेस माईजोगमाइ गाँउपालिका कार्यसमिति मार्फत स्वस्थ्य सामग्री शनिबार उपलब्ध गराउनु भएको हो। उहाँले पिपिइ सेट  सर्जिकल ल्ढछ माक्स,हेल्मेटगाल्स,ग्लोव्स लगायतका सामाग्री उपलब्ध गराउनु भएको हो।
माईजोग्माई गाँउपालिकाका नेपाली कंग्रेस पार्टी सभापतिमदन भण्डारी,वडा सभापतिहरू अग्नि घिमिरे,राजेश देवान,मोहन वस्नेत,बलबहादुर खड्का,यस्तै पुर्व क्षेत्रीय सभापति द्वय भस्म प्रधान ,रमेस सुवेदी जिल्ला सदस्य हुकुम थेवे,तरूण दल जिल्ला सदस्य गोपाल चौहान लगायत अग्रज पार्टीका कार्यकर्ताहरूको उपस्थितिमा  सामाग्री वितरण गर्नु भएको छ।
उक्त सामग्री वितरण कार्यक्रममा बोल्दै  खडकाले यो विषम परिस्थितिलाई कोही कसैले पनि हेल्च्याक्राँई नगरी सतर्कता अपनाउनु नै एक ठूलो उपाय भएको बताउनु भएको छ। एक फरक प्रसंगमा उहाले अब कंग्रेस पार्टीलाई गाउँ स्तरबाटै संगठनात्मक रूपमा बलियो बनाएर लैजानु पर्नेमा जोड दिनु भएको छ ,यस्को लागि कार्यकर्ताहरू एक जुट हुन पर्ने आवश्यक्ता रहेको बताउनु भएको छ। । कार्यक्रममा देशको समसामयिक ,राज्नितिक विसयमाथि प्रतिप प्रमुख प्रतिपक्ष दलले खेल्नूपर्ने भुमिकाका विसयमा पनि आन्तरिक छलफल भएका बताइएका छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता