कोभिड १९ का कारण नेपालमा मृ’त्यु हुनेको संख्या ३४ पुग्यो : स्वास्थ्य मन्त्रालय


काठमाडौं, २० असार । नेपालमा कोभिड १९ का कारण मृ’त्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार गोरखा एक र कपिलवस्तुका एक गरी दुई जनाको मृ’त्यु कोरोना भाइरस कोभिड १९ कारण भएको हो ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गोरखा पालुङटार निवासी ४४ बर्षीय एक पुरुष र रुपन्देही देवदेहका ७५ बर्षीय अर्का पुरुषको कोभिड १९ का कारण मृ’त्यु भएको हो ।
गोरखाका पुरुष गत असार १७ गते कतारबाट नेपाल आएको र उनी क्वारेन्टाइनमा रहेको बखत स्वास्थ्य अवस्थामा खराबी आएपछि उपचारको क्रममा गोरखा अस्पतालको आइसोलेसनमा आज विहान निधन भएको थियो । उनको हिजो शुक्रबार स्वाबको नमूना कोरोना पोजिटिभ देखिएको थियो ।
यसैगरी रुपन्देही देवदह नगरपालिका ७५ बर्षीय एक वृद्धको काठमाडौंको शिक्षण अस्पताल महारागञ्जमा क्षयरोगको उपचारको क्रममा निधन भएको छ ।
गत असार १७ गते निधन भएको उनको स्वाबको नमूना रिपोर्ट १८ गते नै आए पनि आज मात्र स्वास्थ्य मन्त्रालयले मृत्युको पुष्टि गरेको हो । योसंगै नेपालमा कोभिड १९ का कारण मृ’त्यु हुनेको संख्या ३४ पुगको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता