पछिल्लो २४ घण्टामा २ सय १० संक्रमित थपिए, संक्रमितको संख्या १९ हजार २ सय ७३ पुग्यो


काठमाडौं, १३ साउन । मुलुकमा थप २ सय १० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय १० संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको छ ।
कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका ३ जनामा संक्रमण देखिँदा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मोरङका ३ जना, सुनसरीका १ जना, जनकपुर प्रयोगशालामा सप्तरीका १ जना, सर्लाहीका १ जना, धनुषाका १२ जना, महोत्तरीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, नारायणी अस्पतालमा भएको परीक्षणमा पर्साका ३४ जना, प्रहरी अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा सप्तरीका १ जनामा संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ जना, धादिङका ७ जना, कपिलवस्तुका २ जना, काठमाडौंका २ जनामा संक्रमण देखिएको छ ।
शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा काठमाडौंका ७ जना, किटजन्य प्रयोगशाला हेटौंडामा भएको परीक्षणमा नवलपरासी पूर्वका २ जना र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको छ । वीर अस्पतालमा काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका १ जनामा संक्रमण देखिएको छ । स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका २, महोत्तरीका १ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा बागलुङका ७ जना, स्याङजाका २६ जना, म्याग्दीका २ जना र तनहुँका १ जनामा संक्रमण देखिएको छ ।
सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा सुर्खेतका १ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा बैतडीका २ जना, डोटीका १५ जना र सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा डोटीका ३७ , कैलालीका ८, कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ भने संक्रमण मुक्त भएको छ ।
त्यस्तै, हालसम्म १४ हजार ४ सय ७१ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार २ सय ३जना छन् । २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर भएसँगै मुलुकभर ३ लाख ५८ हजार ३ सय ४४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता