अमेरिकाको क्यालिफोर्नियामा पछिल्लो २४ घण्टामा १० हजार बढी संक्रमित फेला


एजेन्सी, २४ असार । अमेरिकाको क्यालिफोर्निया राज्यमा पछिल्लो २४ घण्टामा १० हजार २ सय एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै त्यहाँ कोरोना संक्रमितको कुल संख्या करिब २ लाख ८४ हजार पुगेको छ ।
क्यालिफोर्निया राज्यमा कोरोना संक्रमित बढेपछि आर्थिक गतिविधि सञ्चालनमा पुनः रोक लगाइएको छ । यो संगै मानिसहरूलाई सामाजिक दूरी कायम गर्न पनि आग्रह गरिएको छ । त्यस्तै टेक्सास राज्यमा १० हजार २८ नयाँ घटनाहरूको पुष्टि भएको छ।

त्यहाँको सरकारी तथ्यांक अनुसार क्यालिफोर्नियामा कोभिड १९ को कारण करिब ६ हजार ५ सय मानिसको मृत्यु भएको छ । टेक्सासमा यो संख्या ३ हजार भन्दा कम रहेको जनाइएको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार संयुक्त राज्य अमेरिकामा हालसम्म करिब तीस लाख जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । एक लाख ३१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता